मंगलवार, १७ असार, २०८२

बडिगाड गाउँपालिकाले ल्‍यायो बजेट ७१ करोड ९५ लाख

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ११ असार, २०८२

बडिगाड गाउँपालिकाले ल्‍यायो बजेट ७१ करोड ९५ लाख

११ असार २०८२, बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ७१ करोड ९५ लाख रुपैयाँको बजेट ल्याएको छ ।

गाउँपालिकाको १७ औं गाउँसभामा उपाध्यक्ष भिमसेन वनले प्रस्तुत गरेको बजेटले आर्थिक वृद्धि, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न कृषि, पशुपन्छी, पर्यटन, लघु तथा घरेलु उद्योग, सीप विकास र नविनतम प्रविधिको प्रयोग मार्फत स्थानीय अर्थतन्त्रलाई वृद्धि गर्ने प्रमुख लक्ष्य राखेको छ ।

प्रस्तुत बजेट मध्ये गाउँपालिकाले आन्तरिक आय मार्फत १ करोड ६० लाख १५ हजार २ सय ४९, नेपाल सरकारको राजस्व बाँडफाँड मार्फत १० करोड ५४ लाख १४ हजार ७ सय ५१ रुपैयाँ, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ११ करोड २९ लाख ६ हजार रुपैयाँ, नगद मौज्दातबाट ७९ लाख ५० हजार, अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत संघीय सरकारको वित्तिय समानिकरण अनुदान मार्फत १० करोड ८७ लाख, प्रदेश सरकारको वित्तिय समानिकरण अनुदान मार्फत १४ करोड ७४ हजार, सघींय सरकारको विशेष अनुदान मार्फत १६ करोड ३० लाख, प्रदेश सरकारको विशेष अनुदान मार्फत ३९ लाख ५० हजार, संघीय सरकारको समपुरक अनुदान मार्फत ४ करोड ५० लाख र प्रदेश सरकारको समपुरक अनुदान मार्फत ६० लाख रुपैयाँ आम्दानी प्राप्त हुने अनुमान गरेको छ ।

त्यस्तै व्यय तर्फ चालु तर्फ ५६ करोड ३८ लाख ५० हजार र पुँजीगत तर्फ १५ करोड ५६ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif