मंगलवार, १७ असार, २०८२

काठमाडौँका नगर प्रहरी प्रमुख पाण्डे निलम्बित-महानगर प्रहरी प्रमुखको जिम्मेवारी विष्णु जोशीलाई

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २१ जेष्ठ, २०८२

काठमाडौँका नगर प्रहरी प्रमुख पाण्डे निलम्बित-महानगर प्रहरी प्रमुखको जिम्मेवारी विष्णु जोशीलाई

२० जेठ २०८२, काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक (एसपी)विष्णु प्रसाद जोशीलाई दिइएको छ । राजु पाण्डे ६ महिनाको लागि निलम्बनमा परेपछि प्रमुख प्रशासकीय अधिकृतले जोशीलाई सो जिम्मेवारी दिएका हुन् ।

गत चैत २१ गते आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि उनलाई निलम्बन गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले उक्त घटनाको छानबिन गर्न जाँचबुझ समिति समेत गठन गरेका छन् ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif