मंगलवार, १७ असार, २०८२

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोड बजेट

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १० असार, २०८२

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोड बजेट

१० असार २०८२, काठमाडौं । ललितपुर महानगरले आर्थिक वर्ष २०८२/२०८३ को लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट नगरसभामा प्रस्तुत गरेको छ ।

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख र २३ हजार  विनियोजन गरिएको छ ।

नगरलाई समृद्धि र शुसासन सम्पदा र संस्कृति संरक्षण , दिगो पूर्वाधार, हरियाली प्रर्वद्र्धन, पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घर–घर स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगारलगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif