मंगलवार, १७ असार, २०८२

उर्लाबारी नगरपालिकाले ल्‍यायो बजेट १ अर्ब १८ करोड

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १० असार, २०८२

उर्लाबारी नगरपालिकाले ल्‍यायो बजेट १ अर्ब १८ करोड

१० असार २०८२, विराटनगर । उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब १८ करोड ४० लाख ५४ हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न १४ औँ नगरसभामा उपप्रमुख मिनाकुमारी खतिवडाले आगामी वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन् ।

शासनिक खर्चका लागि १६ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक विकासमा ३५ करोड ७८ लाख ५ सय, आर्थिक विकासमा ३ करोड ६१ लाख रुपैयाँ, पूर्वाधार विकासमा ४८ करोड ८८ लाख २ हजार रुपैयाँ, वातावरण, विपद् तथा जलवायूमा ६६ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १ करोड ७७ लाख ५२ हजार, वडा समितिमा ९ करोड, वडा सञ्चालन तथा प्रशासनिक खर्चमा ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटका स्रोततर्फ संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ६६ करोड ९० लाख, प्रदेश सरकारबाट ४ करोड ५० लाख ४६ हजार, राजश्व बाँडफाँटबाट १९ करोड ८५ लाख ८ हजार ५ सय, आन्तरिक स्रोतबाट १६ करोड ५० लाख, अन्यसंघ संस्था अनुदानबाट ६५ लाख, जनसहभागिताबाट २ करोड, सार्वजनिक ऋणबाट ८ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा उर्लाबारी नगरपालिकाले १ अर्ब ११ करोड ५८ लाख ८५ हजार ५ सय ९६ रुपैयाँको बजेट प्रस्तुत गरेकोमा ९७ करोड ९८ लाख ८३ हजार १ सय ८९.७ रुपैयाँ आम्दानी भएको विवरण नगरसभामा प्रस्तुत गरिएको छ ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif