राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २३ भाद्र, २०८३
२०८३ भदौ २३ काठमाडौं ।नेपाली कांग्रेसको आगामी १५औं केन्द्रीय महाधिवेशनको तहगत अधिवेशनको कार्यतालिकामा संशोधन गरिएको छ। पार्टी केन्द्रीय निर्वाचन समितिको मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पूर्वघोषणा अनुसार असोज १६ देखि १९ गतेसम्मै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी अन्य तहगत अधिवेशनका कार्यक्रमहरूको समयतालिका परिमार्जन गरेको हो।
रसुवाको भोटेकोशीमा आएको बाढीले पुर्याएको अवरोध तथा विभिन्न जिल्ला र निर्वाचन क्षेत्रबाट प्राप्त सुझाव र रायलाई मध्यनजर गर्दै महाधिवेशनलाई प्रभावित नहुने गरी कार्यतालिकामा आवश्यक फेरबदल गरिएको निर्वाचन समितिले जनाएको छ।