शुक्रबार, १८ बैशाख, २०८३

प्रजातन्त्र दिवस यस वर्ष तीन दिन मनाइने

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २३ माघ, २०८२

प्रजातन्त्र दिवस यस वर्ष तीन दिन मनाइने

२०८२ माघ २२, काठमाडौं । यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्यरुपमा मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको हो ।

विहिबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति पनि गठन गरेको छ । 

प्रधानमन्त्री अध्यक्ष रहने समितिमा मन्त्रीहरु, काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु सदस्य छन् । गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्य-सचिव छन् ।

निर्णयअनुसार तीन दिनसम्म नेपालभर र विदेश स्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरुमा विभिन्न कार्यक्रम गरिनेछ । मूल समारोहको कार्यक्रम काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा गरिनेछ । बैठकमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ हाम्रा लागि एकदमै महत्त्वपूर्ण रहेको बताउदै सबै आन्दोलन र नेपाली जनताले गरेको बलिदानी र त्यसबाट भएका उपलब्धिको प्रतीक यो दिन भएको बताएकी थिइन् ।

उनले ती सबै आन्दोलन र नेपाली जनताले गरेको बलिदानी र त्यसका उपलब्धिको प्रतीकको रुपमा यो दिन रहेको बताएकी थिइन् । उनले देशमा पछिल्लो समय केही सकारात्मक परिवर्तन देखिन थालेको र २३ र २४ भदौको आन्दोलनले मुलुकमा परिवर्तन ल्याएको बताएकी थिइन् ।

advertisement_1676553851.gif