राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २२ माघ, २०८२
२०८२ माघ २१, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाले आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक शिष्टाचार भेट गरेकी छन् ।
भेटका अवसरमा नेपाल-श्रीलंका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र साझा हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत विचार आदानप्रदान भएको बताइएको छ ।
प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूत डेल्पिटियालाई कार्यभार सम्हालेको अवसरमा बधाई दिँदै नेपालमा रहँदा सफल कार्यकालको कामना व्यक्त गरिन् ।