राष्ट्रिय सन्देश संबाददाता, ९ घण्टा पहिले
२०८३ भदौ २४ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा सम्बोधन गर्ने भएका हुन् ।
रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले लामिछानेले सम्बोधन गर्न सभामुखसँग समय मागिएको जानकारी दिएका छन् ।
रास्वपाका एक सांसदका अनुसार लामिछानेले बाढीका कारण प्रभावित नागरिकको अवस्था, बेपत्ताको खोजी, उद्धार कार्य, राहत वितरण तथा प्रभावित क्षेत्रको पुनर्स्थापनाका विषयमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराउने छन् ।
प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ ।