सोमबार, १४ बैशाख, २०८३

संघीयता कार्यान्वयन र संवाद आवश्यकताबारे जोड

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

संघीयता कार्यान्वयन र संवाद आवश्यकताबारे जोड

२०८३ बैशाख १३, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले संघीयताको कार्यान्वयनप्रति गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् ।

न्यूज एक्सप्रेस मिडियाले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै सापकोटाले संघीयताको समीक्षा गर्दा संघीय संसद र संघीय सरकारले बढी जिम्मेवारी लिनुपर्ने बताए ।

उनले संविधानको मूल मर्मअनुसार आवश्यक कानुन निर्माण हुन नसकेको उल्लेख गरे । उनले संघीयताका कमजोरी सुधार्न संघीय सरकार र संसदले तत्काल ध्यान दिनुपर्नेमा जोड दिए ।

सापकोटाले तीनै तहको सरकारको कुरा गर्दा सबैभन्दा पहिला संघीयताको समिक्षा गर्दा संसदले र संघीय सरकारले ज्यादा समिक्षा गर्नुपर्दछ। संविधानको आधारमा बन्नुपर्ने कानुनमध्ये एक तिहाइ पनि नबनेको संघीयता अहिले डोरी बाँधेर खुट्टामा अल्झाउने र नदौड भन्न डण्डी हान्ने जस्तो भएको बताए ।

advertisement_1676551646.gif