शुक्रबार, ५ असार, २०८३

बैतडी बस दुर्घटना अपडेट: १ जनाको मृत्यु, १० जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

बैतडी बस दुर्घटना अपडेट:  १ जनाको मृत्यु, १० जना घाइते

२०८३ असार ०५, बैतडी । बैतडी दशरथचन्द नगरपालिका–०४ साईलेक स्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा दशरथचन्द नगरपालिका–०६ बस्ने ३५ वर्षीय वीरेन्द्र बहादुर चन्दको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बस साँझ करिब ५ः४५ बजेको समयमा धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र. ०१–००१ ख ३६४६ नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी २५-३० मिटर तल खसि दुर्घटना भएको हो ।

दुर्घटनामा चालकसहित १२ जना सवार रहेको बसका चालक भने सकुशल रहेका छन् । घाइते १० जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।

दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

advertisement_1676998982.gif