शुक्रबार, ८ कार्तिक, २०८२

भाइटीका कै दिन भेटियो २० गतेदेखि बेपत्ता गंगाको शव

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

भाइटीका कै दिन भेटियो २० गतेदेखि बेपत्ता गंगाको शव

२०८२ कार्तिक ६, काठमाडौं । रुकुमपूर्वको मुसिकोट नगरपालिका-१३ डाँडाछिवाङकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । असोज २० गतेदेखि बेपत्ता रहेकी २५ वर्षीया गंगा सार्की बिहीबार बिहान गाउँ नजिकैको जंगलमा झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार बिहान जंगल गएका स्थानीयले दुर्गन्ध आएपछि खोजी गर्ने क्रममा रूखमा झुन्डिएको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । शवको मुचुल्का उठाइसकेको र शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल, सल्ले पठाइएको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान प्रक्रिया प्रहरीले अघि बढाएको छ । गङ्गा असोज २० गते साँझ करिब ५ बजे घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन् । त्यसपछि उनी सम्पर्कविहीन भएकी थिइन् ।

गंगाको माइतीघर रुकुम पूर्व सिस्ने गाउँपालिका–८ मा पर्छ । परिवारका अनुसार गंगाले बेपत्ता हुनुअघि भारतमा रहेका श्रीमानसँग अन्तिम पटक फोनमा कुरा गरेकी थिइन् । सो क्रममा सामान्य विवाद भएको पारिवारिक स्रोतको भनाइ छ ।

advertisement_1676551694.gif