राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ जेष्ठ २९, काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी सात जनाको मृत्यु भएको काभ्रेका डीएसपी रविन बिष्टले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको पनि डीएसपी बिष्टले बताए ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।