राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ असोज ११ काठमाडौँ I कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा पुलको क्षतिग्रस्त बनेको छ । पुल क्षतिग्रस्त बनेपछि आवतजावत ठप्प छ।
कालीगण्डकी नदीमा भइरहेको दोहनका कारण नदीको धार परिवर्तन हुँदा पुलको पर्वततर्फको पुलको पिल्लरनै बाढीले भत्काएको छ । एक महिना अगाडि बाढीले कटान गर्दा पुल जोखिममा परेको थियो । छेउको जमिन नदीले कटान गरेपछि त्रिपालले ढाकिएको थियो ।
आइतबार विहान भने आवतजावतनै ठप्प हुने गरि भत्किएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यो पुल जोखिममा परेपछि दैनिक आवतजावत गर्ने हजारौँ यात्रु प्रभावित भएका छन् ।
मालढुङ्गा पुल हुँदै बागलुङसँगै म्याग्दी, मुस्ताङ, गुल्मी, रोल्पा, रुकुम, जाजरकोट, डोल्पा र सल्यानलगायत पश्चिम नेपाल चल्ने सवारी साधनसमेत प्रभावित बनेका छन् ।