आईतवार, ६ बैशाख, २०८३

विष्णुमती खोलाको पुलमुनि ४ वटा पेस्तोल र ६५ थान गोली फेला

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

विष्णुमती खोलाको पुलमुनि ४ वटा पेस्तोल र ६५ थान गोली फेला

२०८३ बैशाख ०६, काठमाडौं । काठमाडौंको विष्णुमती खोलाको पुल मुनि ४ वटा पेस्तोल र ६५ थान गोली फेला परेको छ ।

काठमाडौं महानगरपालिका–१३ स्थित विष्णुमती खोलाको ढल्कु पुलमुनि महानगरको सरसफाइ टोलीले शङ्कास्पद झोला फेला पारेपछि प्रहरी वृत्त स्वयम्भूलाई खबर गरेको थियो ।

प्रहरीले चेकजाँच गर्ने क्रममा झोलामा हतियारसहित गोली भेटिएको हो ।

उक्त पेस्तोल, म्यागजिन र गोली जेनजी आन्दोलनमा प्रहरीबाटै लुटिएको हुनसक्ने प्रहरीको अनुमान छ । थप अनुसन्धान भइरहेको छ ।

advertisement_1680627706.gif