राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ७ माघ, २०८१
७ माघ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् ।
भरतपुर महानगरपालिका–११ बसेनी चोकमा प्रहरीले एक व्यक्तिलाई कुटपिट गरिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरी सहायक निरीक्षक (असइ) बुद्धिबहादुर घर्ती भु्जेल निलम्बनमा परेका हुन् ।
गणेशस्थान बिटमा कार्यरत असई बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो। माथिको पावर देखाएको भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो आइतबार सार्वजनिक भएको थियो ।
लगत्तै प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति गठन गरेको छ। प्रहरी आचरणविपरीत काम गरेकाले निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले जानकारी दिए ।
गत पुस १५ गते उक्त घटना भएको देखिएको र कुटपिटबाट व्यक्तिलाई खोज्ने काम भइरहेको चितवन प्रहरी प्रमुख मिश्रले बताए ।