मंगलवार, १७ असार, २०८२

महोत्तरीमा बस दुर्घटना : २२ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३० मंसिर, २०८१

महोत्तरीमा बस दुर्घटना : २२ जना घाइते

जनकपुरधाम, मंसिर ३० । महोत्तरीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । भिठामोडबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख १०६९ नम्बरको बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका– ६ रातोपुलमा अनियन्त्रित भइ दुर्घटनामा परेको थियो ।

जनकपुर आउँदै गरेको बस एक्कासि अनियन्त्रित भई पुलको रेलिङ तोड्दै बस पल्टिएको थियो । जसमा सवारमध्ये २२ यात्रु घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलाल प्रसाद जयसवारका अनुसार घाइतेमध्ये भारत परिहारकी २२ वर्षीया सरिता यादव र कोमल राउत गम्भीर घाइते भएको छन् ।

घाइतेहरूको प्रादेशिक अस्पताल जलेश्वरमै उपचार भइरहेको छ ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif