मंगलवार, १७ असार, २०८२

नेपाल टेलिकमको रिचार्ज कार्ड हरायो

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २४ श्रावण, २०८०

नेपाल टेलिकमको रिचार्ज कार्ड हरायो

काठमाडौं । नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड भन्सारबाट हराएको छ ।

काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले जनाएको छ ।निर्देशनालयले आज सार्वजनिक सूचना जारी गरी ती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक वा ग्राहकलाई अनुरोध गरेको छ ।निर्देशनालयका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको  सूचना दिएको हो । 

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले करिब दुई हप्ता अगाडि एक ट्रान्सपोर्ट कम्पनीमार्फत् रिचार्ज कार्ड ढुवानी गर्दा हराएको र खोजी जारी रहेको जानकारी दिए ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif