राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २४ श्रावण, २०८०
काठमाडौं। नक्कली नेपाली नोटसहित प्रहरीले काठमाडौंमा तीन जनालाई पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका ५ गोलढुङ्गाबाट मंगलबार साँझ सशस्त्र प्रहरीको टोलीले ३ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा खोटाङ दिप्रुङ गाउँपालिका ५ का लक्ष्मी पाण्डे, लमजुङ दोर्दी गाउँपालिका २ का सुवास गुरुङ र रामेछाप गोकुलगंगा गाउँपालिका १ का मदन दमाई रहेका छन्।
उनीहरुको डेराबाट प्रहरीले एक हजार दरका १८२ थान नक्कली नोट बरामद गरेको छ। नोट बनाउन प्रयोग हुने कागज २०० थान पनि प्रहरीले बरामद गरेको छ।
आवश्यक कारबाहीका लागि सशस्त्रले स्थानीय प्रहरीलाई जिम्मा लगाएको छ।