राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १० चैत्र, २०७९
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक एआईजी० वसन्त बहादुर कुँवर नियुक्त भएका छन ।
शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी० कु“वरलाई बढुवा गरेर महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आईजीपी कुँवर ८ चैतमा डीआईजीबाट एआईजीमा बढुवा भएका थिए । एआईजीको फूली लगाएको तीन दिनमै कुँवर आईजीपीमा बढुवा भएका हुन । प्रहरी महानिरीक्षकका लागि कुँवरसँगै टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि दौडमा थिए ।
आईजीपी धीरजप्रताप सिंह प्रहरी नियमावली, २०७१ मा रहेको ३० वर्षे सेवा अवधिका कारण आजैदेखि अवकाशमा जाँदैछन् । आईजीपी कुँवरले ५ चैत २०५१ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । भदौ २०६३ मा डीएसपीमा बढुवा भएका कुँवर फागुन २०७१ मा एसपी, फागुन २०७५ मा एसएसपी र ८ असार २०७९ मा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए ।