बिहीबार, २९ फाल्गुन, २०८१

प्रधानमन्त्रीद्वारा दमक व्यापारिक कम्प्लेक्स उद्घाटन

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २३ मंसिर, २०८१

प्रधानमन्त्रीद्वारा दमक व्यापारिक कम्प्लेक्स उद्घाटन

झापा, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका-३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका छन् ।

मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको छ ।

भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी भएका थिए ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif