राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १५ चैत्र, २०७९
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी तथा अर्थविज्ञ सल्लाहकारमा नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवर र प्रमुख आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाललाई बुधवार नियुक्त गरेका हुन् ।
उनीपूर्व प्रधानमन्त्री शुशील कोइरालाको कार्यकालमा महान्यायाधिवक्ता भएका कानुनी सल्लाहकारमा नियुक्ति पाएका कुँवर गण्डकी पहिलो प्रदेश प्रमुख हुन् ।
पूर्व गर्भनर समेत रहेका नेपाल अर्थ सल्लाहकारमा विज्ञका रुपमा नियुक्त भएका हुन् ।