राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २७ माघ, २०८१
२७ माघ, सल्यान । सल्यानमा महोत्सवमा आगलागी भएको छ । आठ दिनअघि मात्रै सल्यानको श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले शुरू गरेको महोत्सवमा भएको आगलागी भएको हो ।
शनिबार राति अन्दाजी ११ बजेको समयमा भएको आगलागीबाट ८० वटा स्टल जलेर नष्ट भएका छन् । आगलागीबाट करोडौंको क्षति भएको आयोजकले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटेका थिए ।
अहिले भने आगो नियन्त्रणमा लिई व्यवस्थापनको काम भइरहेको आयोजकले बताएको छ । आगलागीका कारण महोत्सवमा झण्डै १० करोड बराबरको क्षति भएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।