मंगलवार, १७ असार, २०८२

सप्तकोशीमा बेपत्ता सशस्त्र जवान सुरजको पनि शव भेटियो

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २६ जेष्ठ, २०८२

सप्तकोशीमा बेपत्ता सशस्त्र जवान सुरजको पनि शव भेटियो

२५ जेठ २०८२, काठमाडौं । उद्दार तालिमका क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवान सुरज साउदको शव फेला परेको छ । उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक फेला परेको हो ।

प्रहरीका अनुसार चितवनको कुरिनटारबाट पुगेको डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले साउदको शव निकालेको हो ।

गत बिहीबार विपद् पूर्वाभ्यासको क्रममा साउद र अर्का जवान हरदेव राजवंशी बेपत्ता भएका थिए । राजवंशीको शव शुक्रबार नै तीन किलमोटिर तल भेटिएको थियो । बेपत्ता भएका दुवै सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको थियो ।

उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका राजवंशीको शव सप्तकोशी किनारमा फेला पारेको थियो । साउद नभेटिएपछि कुरिन्टारबाट गोताखोर टोली गएको थियो ।

वर्षाका बेला बाढी पहिरोमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि अभ्यास गर्दागर्दै मधेश प्रदेश सशस्त्र प्रहरी जवान साउद र राजवंशी बेपत्ता भएका थिए ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif