मंगलवार, १७ असार, २०८२

धरानमा हट्यो निषेधाज्ञा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १० भाद्र, २०८०

धरानमा हट्यो निषेधाज्ञा

सुनसरी। धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भन्दै स्थानीय प्रशासन, सुनसरीले धरान उपमहानगर क्षेत्रमा जारी गरेको निषेधाज्ञा हटाएको छ ।

धरानका २० वटै वडामा शुक्रबार १२ रातिदेखि २४ घण्टाका लागि निषेधाज्ञा लागू गरिएको थियो । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटेसँगै बिहानैबाट धरानमा चहलपहल शुरु भएको हो ।

साम्रदायिक सद्भाव नबिग्रियोस् भन्ने उद्देश्यले स्थानीय प्रशासनले शनिबार रातिसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो । जातीय र धार्मिक विवाद बढ्दै गएपछि सम्भावित हिंसा रोक्न धरानमा निषेधाज्ञासँगै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

धरान प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, पश्चिम दक्षिण रामधुनी नगर ६ बाट बराहक्षेत्र ३ नडाहा चोकदेखि धरानतर्फ, इटहरी उपमहानर २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फ, धरान ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फ र धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif