राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २१ जेष्ठ, २०८२
२० जेठ २०८२, काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपसम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गरेपछि आन्दोलनरत यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।
नेपाल यातायात व्यवसायी महासंघका महासचिव भरत नेपालले गण्डकी प्रदेशको निर्णय आएपछि आन्दोलन स्थगित गर्ने निर्णय गरिएको जानकारी दिए ।
राइड सेयरिङ एपको विरोधमा लामो समयदेखि दबाबमूलक आन्दोलन गर्दै आएका व्यवसायीले मंगलबार साँझको निर्णयसँगै आज (मंगलबार) बेलुकाबाट नै सवारी सञ्चालन गर्ने बताएका छन् ।