सोमबार, २० माघ, २०८२

आयोगले हटायो समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवारको नाम

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

आयोगले हटायो समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवारको नाम

२०८२ माघ १९, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ ।

आयोगले विभिन्न दलका ७६ जना उम्मेदवारको नाम हटाएको हो । आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जनाको नाम हटाएको छ ।

यसैगरी, आयोगले तोकेको जरिवाना भुक्तान नगरेका १० जनाको नाम पनि बन्दसूचीबाट हटाएको छ ।

गत निर्वाचनमा खर्ब विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिवाना तोकेको थियो। उनीहरूमध्ये जरिवाना नतिर्नेलाई सूचीबाट हटाएको हो ।

Download the PDF
advertisement_1676553851.gif