राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ असार १५, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि आज विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले उक्त म्याद थप गरेको हो ।
पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो । पक्राउ परेपछि उनलाई अदालतबाट पहिलो पटक गत ९ गते ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो। तोकिएको म्याद सकिएपछि प्रहरीले पुनः अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेस गरेको थियो ।