सोमबार, ८ असार, २०८३

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

२०८३ असार ०८, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । 

पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनअन्तर्त प्रदेशस्तरीय कार्यक्रममा पौडेल सुर्खेत पुगेका थिए ।

अहिले उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत परिसरमा राखिएको छ । प्रहरीले उनलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।

advertisement_1676551537.gif