सोमबार, १९ आश्विन, २०८३

झलनाथले त्यागे नेकपा, अब समाजवादी जागरण अभियान चलाउने

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

झलनाथले त्यागे  नेकपा, अब  समाजवादी जागरण अभियान चलाउने

२०८३ असोज १९ काठमाडौँ I पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत ‘समाजवादी जागरण अभियान’को घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी खनालको नेतृत्वमा नयाँ राजनीतिक यात्राको सुरुआत गरिएको हो।

अभियानको पहिलो राष्ट्रिय भेलाले १५ बुँदे प्रस्तावहरूसमेत पारित गरेको छ । पारित प्रस्तावहरूमा देशमा बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न राष्ट्रिय नीतिहरूको तत्काल पुनरवलोकन गर्नुपर्ने र कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट वैचारिक पुनर्गठन गर्नुपर्ने मुख्य मागहरू समावेश छन्।पत्रकार सम्मेलनमा बोल्दै खनालले विद्यमान राजनीतिक अस्थिरता र वैचारिक विचलनलाई अन्त्य गर्दै देशलाई समाजवादको दिशामा लैजान नयाँ अभियानको आवश्यकता परेको बताए ।

उनले जनजीविकाका सवाल, राष्ट्रिय स्वाधीनता, र वामपन्थी एकताका लागि यो अभियानले निर्णायक भूमिका खेल्ने दाबी गरे।

advertisement_1676551537.gif