शुक्रबार, १० माघ, २०८२

काठमाडौं–१० की उम्मेदवार सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

राष्ट्रिय सन्‍देश संबाददाता, १८ घण्टा पहिले

काठमाडौं–१० की उम्मेदवार सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

२०८२ माघ ८, काठमाडौं । मितेरी पार्टीबाट काठमाडौं–१० मा उम्मेदवार बनेकी सुमित्रा बस्नेतको उम्मेदवारी खारेज भएको छ ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी छानबिन गर्दा प्रमाणित भएपछि उनको उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृत अमृतकाकुमारी शर्माले बताएकी छन् ।

यस्तै कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गरेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा उनको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।

advertisement_1680627680.gif