राष्ट्रिय सन्देश संबाददाता, १६ घण्टा पहिले
२०८२ असोज २८, जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन् ।
मधेश प्रदेशको राजनीतिक माहोल अहिले तातिएको छ । केन्द्रका नेताहरु पनि जनकपुरधाम आइपुगेका छन् भने केही नेता आज आउने जनाइएको छ । हिजो मात्र लोसपाले मधेश प्रदेश सरकारबाट आफ्नो समर्थ फिर्ता लिएको छ । यसअघि नेकपा (एमाले), कांग्रेस र जनमतले समर्थन फिर्ता लिइसकेको छ ।
यसअघि नेपाली कांग्रेस मधेश प्रदेशले आफ्नो नेतृत्वमा सरकार बनाउन एमाले र जनमतसहितको दाबी प्रदेश प्रमुख कार्यालयमा गरेको थियो । तर, हिजो जनमत पार्टी फुटेर अर्को पार्टी दर्ता भएसँगै केही प्रभाव पर्नसक्ने देखिएको छ । जनमत पार्टीका ६ जना सांसदहरुले मात्र जनमत छाडे कांग्रेसले सरकार बनाउने अवसर गुमाउन सक्छ ।
यता, मधेशवादी दलहरु पनि नेतृत्व चयनका लागि भित्रभित्रै तालमेल मिलाउने कार्य गरिरहेका छन् ।