बिहीबार, १९ मंसिर, २०८२

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

राष्ट्रिय सन्‍देश संबाददाता, २३ घण्टा पहिले

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

२०८२ मंसिर १७, जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज (बुधबार) विश्वासको मत लिँदैछन् ।

मुख्यमन्त्री यादवले आज दिउँसो मधेश प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् । उनले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने बित्तिकै विश्वासको मत लिनुभन्दा पहिला प्रदेश सभामा जानकारी गराउनुपर्ने, पत्र दर्ता गर्नुपर्ने लगायतका कागजी कामहरु गरेकोले केही ढिलो हुन गएको बताए ।

मुख्यमन्त्री यादवले पत्र प्राप्त भएको समयदेखि २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने बताए । सोही अनुसार उनले आज विश्वासको मत लिने जानकारी दिए ।

advertisement_1676998982.gif