शुक्रबार, ७ कार्तिक, २०८३

निकितासहित धार्मिक भ्रमणका लागि भारत प्रस्थान गरे रवि लामिछाने

राष्ट्रिय सन्‍देश संबाददाता, ५८ मिनेट पहिले

निकितासहित धार्मिक भ्रमणका लागि भारत प्रस्थान गरे रवि लामिछाने

२०८३ कार्तिक ०६ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गरेका छन् । उनी श्रीमती निकिता पौडेलसहित धनगढी हुँदै भारततर्फ लागेका हुन् ।

सभापति लामिछानेको निजी सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै उनी आजैदेखि तीन दिनका लागि भारत भ्रमणमा निस्किएको जानकारी दिएको छ ।

तीन दिने आध्यात्मिक भ्रमणका क्रममा लामिछानेले धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीतालस्थित प्रसिद्ध कैँची धाम तथा आसामको गुवाहाटीमा रहेको कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ ।

पारिवारिक तथा आध्यात्मिक भ्रमण सम्पन्न गरी उनी तीन दिनपछि स्वदेश फर्किने सचिवालयले जनाएको छ ।

advertisement_1676551537.gif