राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित भएका छन् । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा सरकारले छानबिन समिति गठन गरेपछि अध्यक्ष ओझा स्वतःनिलम्बनमा परेका हुन् ।
अध्यक्ष ओझाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
गत फागुन १२ गते ओझालाई सरकारले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।