शनिबार, १८ जेष्ठ, २०८२

प्रस्तुत बजेट खर्च हुने आधारहरु देखिदैन् : सांसद स्वर्णिम वाग्ले

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १६ जेष्ठ, २०८२

प्रस्तुत बजेट खर्च हुने आधारहरु देखिदैन् : सांसद स्वर्णिम वाग्ले

१५ जेठ २०८२, काठमाडौं । रास्वपाका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएपनि १५÷१६ खर्बभन्दा बढी खर्च हुने आधारहरु नभएको बताएका छन् । 

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अङ्कको स्वरूप र विश्वसनीयता पूरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर आफूहरुलाई लागेको बताए । 

उनले भने,‘सरकारले ल्याएको बजेट धेरै उत्ताउलो र गैरजिम्मेवार छैन् । तर घाँटी हेरेर हाड निल्नुपर्ने अवस्था छ । अर्थमन्त्रीले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याउनुभएको छ  । तर यो पनि १५÷१६ खर्बभन्दा बढी खर्च हुने आधारहरु छैन् । अङ्कको स्वरूप र विश्वसनीयता पूरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर लागेको छ ।’ राजस्वका विभिन्न कुराहरु पनि पत्यारिलो नभएको उनको भनाइ छ ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif