सोमबार, ८ भाद्र, २०८३

प्रतिनिधि सभा बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

प्रतिनिधि सभा बैठक बस्दै

२०८३ भदौ ०८ काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ ।

यस्तै, प्रधानमन्त्री बालेन साहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

यसैगरी, बैठकमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन् ।

advertisement_1680627680.gif