राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८३ असार ३१, काठमाडौँ । प्रतिनिधि सभा बैठक आज (बुधबार) पनि बस्दैछ ।
बुधबार बिहान ११ बजेबाट बस्ने बैठकमा प्रधानमन्त्री बालेन साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय मानव अधिकार आयोगको अठारौं वार्षिक प्रतिवेदन (२०८१ श्रावण २०८२ आषाढ मसान्तसम्म)’, ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२’ र ‘राष्ट्रिय समावेशी आयोगको सातौं वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।