बुधबार, ३ असार, २०८३

प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि छलफल, अर्को बैठक भोली बुधबार बस्‍ने

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि छलफल, अर्को बैठक भोली बुधबार बस्‍ने

२०८३ असार ०२, काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रालय र निकायका विभिन्न शीर्षकमाथि छलफल भएको छ ।

आज विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ, रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।

बैठकमा सांसदहरू  नीतिमा भण्डारी (कार्की), पुकार बम, राम लामा, बदनकुमार भण्डारी, अंकीका ठाकुर, बुद्धिप्रसाद पन्त, धनेन्द्र कार्की, सुशान्त वैदिक, सुलभ खरेल, स्मृति सेन्चुरीले मन्त्रालयगत शीर्षकमाथि आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य मंगलप्रसाद गुप्ताको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक भोलि असार ३ गते बिहान ११ बजे बस्नेछ । बुधबारको बैठकमा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

advertisement_1680627680.gif