राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २१ कार्तिक, २०८१
काठमाडौँ, कार्तिक २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । प्राप्त जानकारी अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको तथा स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेको बताइएको छ ।
प्रधानमन्त्री ओली ज्वरोका कारण मंगलबारदेखि अत्यावश्यक बाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहेका छन् ।