बुधबार, २ बैशाख, २०८३

प्रधानमन्त्री शाहको बैंकमा १ करोड ४६ लाख

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २९ चैत्र, २०८२

प्रधानमन्त्री शाहको बैंकमा १ करोड ४६ लाख

२०८२ चैत्र २९, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री बालेन्द्रको बैंक मौज्दात १ करोड ४६ लाख रहेको छ ।

उक्त रकम प्राप्तिको स्रोतमा शाहले फेसबुक, युट्युव, टिकटकलगायतका सामाजिक सञ्जाल रहेको उल्लेख गरेका छन् ।

उनको सम्पत्ति विवरणमा पत्नी सविनाको १९० तोला सुन रहेको उल्लेख छ । सुन प्राप्तिको स्रोत पैतृक रहेको उनले उल्लेख गरेका छन् ।

शाहले माता ध्रुवदेही शाहको नाममा काठमाडौंमा ५ आना र धनुषामा १.२ बिघा जग्गा देखाएका छ न्। उनले पिता रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा रहेको उल्लेख गरेका छन् ।

advertisement_1676551694.gif