मंगलवार, ९ असार, २०८३

रास्वपाको सभापतिमा रवि लामिछाने सर्वसम्मत निर्वाचित

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

रास्वपाको सभापतिमा रवि लामिछाने सर्वसम्मत निर्वाचित

२०८३ असार ०९, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने सर्वसम्मत भएका छन् । सभापतिका लागि मनोनयन दर्ता गर्ने निर्धारित समयमा लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध सभापति भएका छन् ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछाने निर्विरोध निर्वाचित भएका हुन् ।

केन्द्रीय समिति सदस्यका लागि अहिले उम्मेदवारी दर्ताको काम भइरहेको छ । भोलि बिहान ९ बजेबाट मतदान सुरु हुनेछ ।

advertisement_1676551694.gif