आईतवार, २९ मंसिर, २०८२

राष्ट्रपति पौडेलद्वारा एनपिएल विजेतालाई बधाई

राष्ट्रिय सन्‍देश संबाददाता, १९ घण्टा पहिले

राष्ट्रपति पौडेलद्वारा एनपिएल विजेतालाई बधाई

२०८२ मंसिर २७, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत विजेतालगायत सबैलाई बधाई दिएका हुन् । 

राष्ट्रपति पौडेलले लेखका छन्, “खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि विजेता, उपविजेतालगायत सम्पूर्ण टोलीलाई बधाई छ । साथै खेलाडी, प्रशिक्षक, आयोजक र खेल प्रेमी सबैलाई विशेष धन्यवाद छ ।”

लुम्बिनी लायन्सले आज भएको फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको हो । 

advertisement_1680627680.gif