शनिबार, १८ माघ, २०८२

संसद पुनर्स्थापनाको मुद्दामा सर्वाेच्चले तुरुन्त निर्णय दिन ओलीको आग्रह

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

संसद पुनर्स्थापनाको मुद्दामा सर्वाेच्चले तुरुन्त निर्णय दिन ओलीको आग्रह

२०८२ माघ १७,नेकपा-एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ मा चुनाव हुने वा नहुने भन्ने कुरा अझै निश्चित नभएको बताएका छन्।ओखलढुङ्गा एमालेको चुनावी भेलामा बोल्दै ओलीले जनसंख्याको कमीका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा चुनाव गराउनु अव्यावहारिक भएको तर्क गर्दै कम मतदाता भएको ठाउँमा मतपेटिका राख्नुले अर्थपूर्ण सहभागिताको सट्टा नाटक मात्र सिर्जना गर्ने बताए।

ओलीले भदौ २३ र २४ को राजनीतिक अवस्थालाई उल्लेख गर्दै केही शक्तिहरूले देशलाई गम्भीर संकटमा धकेल्न खोजेको आरोप पनि लगाए। उनले संसद विघटन गर्ने सरकारको कदमलाई असंवैधानिक भन्दै आलोचना गरे र सर्वोच्च अदालतलाई संसद पुनर्स्थापित गर्ने वा चुनाव गर्ने भन्ने बारेमा तुरुन्त निर्णय दिन आग्रह गरे।

स्पष्टताको आवश्यकतामा जोड दिँदै ओलीले चुनावअघि अदालतले बोल्नुपर्ने बताए। संवैधानिक संकटको समयमा मौन बस्दा अदालतको वैधतामाथि प्रश्न उठ्न सक्छ भन्ने कुरा पनि उनले थपे। उनले अदालतले दिने जुनसुकै निर्णयलाई एमाले स्वीकार गर्ने बताए।

advertisement_1676553851.gif