राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ बैशाख ३०, काठमाडौं । संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् ।
प्रधानमन्त्री बालेनका तर्फबाट अर्थमन्त्री डा.वाग्लेले जवाफ दिने तयारी भएको जनाइएको छ । अर्थमन्त्री वाग्लेले जवाफ दिएपछि आजै नीति तथा कार्यक्रम पास गर्ने तयारी छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३÷८४ को सरकारको नीति तथा कार्यक्रम यही वैशाख २८ गते संघीय संसद बैठकमा बाचन गरेका थिए ।
त्यसमाथि आज छलफल प्रारम्भ गर्ने, छलफलमा उठेका प्रश्नको प्रधानमन्त्रीका तर्फबाट जवाफ दिने, सांसदहरुबाट प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने र नीति तथा कार्यक्रमलाई पनि निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।