आईतवार, १० कार्तिक, २०८२

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा चार जना मन्त्रीको नाम टुंगो लाग्यो, आजै सपथको तयारी

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा चार जना मन्त्रीको नाम टुंगो लाग्यो, आजै सपथको तयारी

२०८२ कार्तिक ९, काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्री थप गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेकी छन् । चारै जना मन्त्रीको सपथ आजै हुने बालुवाटार स्रोतले जनाएको उनीहरुको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पूर्वसचिव डा सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन् । उनीहरूले शपथ साढे २ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

यसअघि विभिन्न नाममा छलफल भएपनि अन्तिममा आएर उनीहरुको नाममा सहमति जुटेको हो । चार जना मन्त्री नियुक्ति भएपनि सरकारले अझै पूर्णता पाउन सकेको छैन ।

advertisement_1680627706.gif