राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८३ असोज ०७ काठमाडौँ I प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क पुगेका छन् ।
मंगलबार कतार एयरलाइन्सको नियमित उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका उनी कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर्क पुगेका हुन् ।
प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछिको यो उनको पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
आफ्नो सम्बोधनका क्रममा उनले नेपालमा जलवायु परिवर्तनले पारेको असर, भोटेकोशी बाढीपहिरोबाट भएको क्षति, पर्वतीय देशका समस्या र जलवायु न्यायका विषयमा विश्वसमुदायको ध्यानाकर्षण गराउनेछन् ।
न्युयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्य सल्लाहाकार कुमार व्यञ्जनकारसहित अन्य उच्चपदस्थ अधिकारीहरू सहभागी छन् । प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने तालिका छ ।