बिहीबार, २८ जेष्ठ, २०८३

सभामुख डीपी अर्याल र अमेरिकाका कार्यवाहक राजदूत स्कटले शिष्टाचार भेटवार्ता

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

सभामुख डीपी अर्याल र अमेरिकाका कार्यवाहक राजदूत स्कटले शिष्टाचार भेटवार्ता

२०८३ जेष्ठ २८, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कटले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, संसदीय सहयोग, विकास साझेदारी तथा आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ ।

साथै, नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४७ देखि कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध, आगामी वर्ष मनाइने कूटनीतिक सम्बन्ध स्थापनाको ८०औँ वर्षगाँठ तथा संसदीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।

नेपालको लोकतान्त्रिक संस्थाको सुदृढीकरण, सुशासन, आर्थिक विकास तथा जनस्तरीय सम्बन्ध विस्तारका क्षेत्रमा दुई देशबीचको सहकार्य आगामी दिनमा अझ प्रभावकारी र सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।

advertisement_1676553851.gif