बुधबार, १६ बैशाख, २०८३

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

२०८३ बैशाख १६, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको तेस्रो बैठक आज बस्दै छ ।

बुधबार समिति सभाहलमा बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यमान अवस्था, समस्या तथा चुनौती र आगामी कार्ययोजनाको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठक दिउँसो १ बजे बस्ने छ ।

advertisement_1676551694.gif
अन्य समाचार