बिहीबार, ७ श्रावण, २०८३

शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

२०८३ साउन ०७, काठमाडौँ । उच्च अदालत पाटनले व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले बैंकिङ कसुरको मुद्दामा अनुसन्धानका लागि उनलाई थुनामा राख्न उक्त आदेश दिएको हो ।

बैंकिङ कसुर मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई यसअघि नियन्त्रणमा लिएको थियो ।

गत जेठ २८ गते उनीहरूविरुद्ध ४२ करोड १४ लाख रुपैयाँ बिगो दाबी गर्दै इन्फिनिटी होल्डिङ्सका अध्यक्ष रहेका दीपक भट्ट, जगदम्बा स्टिल्सका सञ्चालक शंकरलाल अग्रवाल, शुलभ अग्रवाल र शाहिल अग्रवाललाई प्रतिवादी बनाएर बैंकिङ कसुरको अभियोगमा मुद्दा दायर भएको थियो । 

advertisement_1680627680.gif