बिहीबार, ५ मंसिर, २०८२

दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

२०८२ मंसिर ४, काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

आफ्ना बाबुलाई गैरकानुनी थुनामा राखिएको भन्दै प्रसाईंका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकोमा न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुन्नुको कारण पेश गर्न आदेश दिँदै उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउन भनेको हो ।

साथै प्रसाईलाई पक्राउ गर्नुको कारण पेश गर्न पनि अदालतले आदेश दिएको छ । प्रसाईँलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याउने गरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मध्यरात पक्राउ गरेको थियो ।

भक्तपुरस्थित निवासबाटै पक्राउ परेका प्रसाईँ अहिले जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा छन् ।

advertisement_1676998982.gif